सावित्राले युरोपियन क्लबमा खेल्ने
काठमाडाैं | जेठ ३०, २०८०
काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् ।
नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् ।
क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ ।
नेपाल मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना राखेकी थिइन् र त्यसका लागि उपयुक्त अवसरको खोजीमा थिइन् ।
अहिले आएर त्यो सपना पूरा हुने बाटोमा रहेको सावित्राले बताइन् । ‘यो मेरो लागि र नेपाली महिला फुटबलकै खुशीको कुरा हो । एकदमै राम्रो लागेको छ’, सावित्राले भनिन्, ‘पहिलेदेखिनै एउटा सपना थियो । अहिले त्यो सपनाको बाटोमा छु । पाइला चालिहरेको छु । सपना पूरा हुन बाँकी छ ।’
सावित्राले यसलाई आफ्नो खेल करियरको अर्को महत्वपूर्ण स्टेपको रुपमा लिएकी छन् र यसले नेपाली महिला फुटबलको चर्चा युरोपसम्म हुने बताइन् ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

